• २०८१ जेठ ९ बुधबार

नेपालमा व्याप्त बाँझोपन सम्बन्धी भ्रम र यसविरुद्धको लडाई

kharibot

बाँझोपन एक रोग हो तर यसलाई रोगका रूपमा व्यवहार गरिएको छैन। नेपालसँगै विश्वभरका धेरै जोडीहरूले यसका कारण भावनात्मक र शारीरिक चुनौतीहरूको सामना गर्ने गर्दछन् ।

नेपाल जनसांख्यिकी तथा स्वास्थ्य सर्वेक्षण २०२० को तथ्याङ्क अनुसार देशका करिब १०-१५% दम्पतीले बाँझोपनको सामना गरिरहेका छन्। सन्तान नभएका दम्पतीहरूले सामना गर्ने बाधाहरूको बावजुद आशाको त्यान्द्रोका रूपमा रहेका असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी), इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सहितका उपायहरुबाट धेरै व्यक्तिहरूले अभिभावकत्वको लागि आशाको मार्ग प्राप्त गर्दछन् । यद्यपि, बाँझोपनको बारेमा गलत बुझाई र नकारात्मक मनोवृत्ति अझै पनि व्याप्त छन् जसले मानिसहरूलाई खुलेर कुरा गर्न, भरपर्दो जानकारी खोज्न र आफूलाई आवश्यक पर्ने सहायता प्राप्त गर्न गाह्रो बनाउँछ।

बाँझोपनको बारेमा आम रुपमा व्याप्त केहि गलत धारणाहरू हटाऔं र सत्यमाथि प्रकाश पारौं:

गलत धारणा: महिलाको दोष

समाजमा चलेको अन्धविश्वासका विपरीत बाँझोपन महिलाको मात्र गल्ती होइन। गर्भधारण गर्न असमर्थताको लागि महिलालाई मात्र दोष दिनु भनेको दम्पत्ति दुवैजनाबाट नै प्रजननमा समस्या उत्पन्न हुन सक्छ भन्ने तथ्यलाई बेवास्ता गर्नु हो। अक्सर आफन्तहरूले बाँझी महिला परिवारको लागि अलच्छिना हो भनेर कुरा काट्छन्, व्यक्तिगत कमजोरी वा पुर्वजन्मका पापका कारण यस्तो अवस्था भएको हो भनेर दोष लगाउँछन्। उनीहरुमा बाँझोपन संक्रामक हुन्छ र यसले अरुलाई पनि असर गर्छ भन्ने गलत धारणा रहेको हुन्छ र यसै कारण सामाजिक कार्यहरूमा नि:सन्तान जोडीलाई बहिष्करण समेत गर्दछन्। बाँझोपन एक जटिल समस्या हो जसका लागि व्यक्ति र उनीहरूको समुदाय दुवैले बुझेर सहायता प्रदान गर्नु आवश्यक हुन्छ। एनआईसीएचडीको अनुसन्धान अनुसार संसारभरका बाँझोपनका एक तिहाइ केसहरू पुरुषको प्रजनन समस्याका कारण हुने गर्छन्।

गलत धारणा: बाँझोपन ईश्वरले दिएको सजाय हो

बाँझोपन ईश्वरले दिएको दण्ड वा लिएको विश्वासको परीक्षा होइन। यस्ता अन्धविश्वासहरूले प्रजनन समस्याहरूसँग संघर्ष गरिरहेका जोडीहरूलाई अनावश्यक अपराधबोध र हिनताबोध थप्न सक्छ। अक्सर दम्पतीहरू आधुनिक चिकित्सा क्लिनिकको सट्टा परम्परागत (धामी, झाक्री) वा आयुर्वेदिक उपचारका विकल्पहरूमा जान्छन्। तर बाँझोपन एक चिकित्सा अवस्था हो र धार्मिक विश्वासको बावजूद आधुनिक चिकित्सा विधीले मात्र यसलाई सम्बोधन गर्न सकिन्छ भनेर जान्नु आवश्यक छ।

गलत धारणा: पुरुषको बाँझोपनलाई बेवास्ता

प्रजनन समस्या मुख्यतया महिलाहरुसँग मात्र सम्बन्धित छ भन्ने अर्को एउटा गलत धारणा रहेको छ। यद्यपि, पुरुष बाँझोपनले समग्र बाँझोपनका दरमा महत्त्वपूर्ण योगदान दिन्छ भन्ने कुरा विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन्। पुरुष प्रजनन समस्याहरूलाई बेवास्ता गर्दा समाजमा भ्रम जारी रहन्छ र पीडित व्यक्तिहरूलाई उपयुक्त चिकित्सा सहायता खोज्नबाट यसले रोक्छ। यद्यपि, विद्यमान अध्ययनहरूले कारकको रूपमा पुरुष बाँझोपनलाई पनि हाइलाइट गर्दछ। रिसर्चगेटमा प्रकाशित यस्तै एउटा अध्ययनले नेपालमा बाँझोपनका ३७.४ प्रतिशत केसहरुका लागि पुरुष कारकहरू जिम्मेवार रहेको पाइएको छ। 

गलत धारणा: महँगो उपचार

आईभीएफ उपचारको उच्च लागत बाँझोपनको सामना गरिरहेका दम्पतीहरूको लागि महत्त्वपूर्ण चिन्ताको विषय हुन सक्छ। यो आर्थिक बोझले अक्सर उपचार गर्ने कि भैपरी आउने आवश्यकताहरूको लागि बचत गर्ने भन्ने कुराका बीचमा कठिन निर्णय गर्न बाध्य बनाउँछ। यद्यपि, आधुनिक प्रविधिले लागत घटाउन र आईभीएफलाई थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसअघि नेपाली दम्पतीले उपचारका लागि विदेश जानुपर्ने बाध्यताका कारण थप आर्थिक तनाव भोग्नुपरेको थियो। सौभाग्यवश, इन्दिरा आईभीएफजस्ता स्थानीय प्रजनन क्लिनिकहरूको स्थापनाले नेपालमा उन्नत प्रविधि र विशेषज्ञता ल्याएको छ जसले आईभीएफलाई अझै सस्तो र पहुँचयोग्य बनाएको छ।

गलत धारणा: धेरै जन्म

आईभीएफ उपचारको सम्बन्धमा समाजमा व्याप्त अर्को गलत धारणा यो हो कि यसमा धेरैओटा गर्भधारणको उच्च जोखिम हुन्छ जसले आर्थिक अवस्थालाई थप जटिलता प्रदान गर्छ। यद्यपि, एकल भ्रूण स्थानान्तरण (SET) जस्ता आधुनिक प्रविधीले बहुगर्भधारणको सम्भावनालाई उल्लेखनीय रूपमा घटाएको छ। एउटै स्वस्थ भ्रूण स्थानान्तरणमा ध्यान केन्द्रित गरेर यसले एकभन्दा बढी जन्मसँग सम्बन्धित आर्थिक बोझ मात्र कम गरेको छैन बरु सफल र स्वस्थ गर्भावस्थाको सम्भावना पनि बढाएको छ ।

हामी यी गलत धारणाहरू हटाउनका लागि स्पष्टता मात्र प्रदान गर्दैनौं बरु बाँझोपनसँग सम्बन्धित जटिलताहरूको खोजी गर्नेहरूका लागि सहानुभूति र मद्दतका लागि मार्गप्रशस्त पनि गर्छौं। बाँझोपन एक बहुआयामिक समस्या हो भन्ने बुझ्न सामूहिक चेतना र यसलाई समाधान गर्न सामुहिक प्रयत्नको आवश्यकता हुन्छ। प्रजनन चुनौतीहरूलाई सम्बोधन गर्न विशेषज्ञ डाक्टर र उन्नत प्रविधिहरू प्रदान गर्दै इन्दिरा आईभीएफ आशाको किरणको रूपमा उदाएको छ। सबैले पहुँच प्राप्त गर्ने किफायती खर्चमा सेवा प्रदान गर्दै इन्दिरा आईभीएफ नेपालका दम्पतीहरूले आत्मविश्वासी र आशावादि भएर अभिभावकत्वतर्फ यात्राको सुनिश्चिता प्रदान गर्दछ। योसँगै सबै मिलेर बाँझोपनको कथालाई पुनर्लेखन गरौँ र सबैका लागि थप समभाव र सहयोगको वातावरण सिर्जना गरौं ।

इन्दिरा आईभीएफका बारेमा:

इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक चेन हो जसको देशभरिमा १२० भन्दा बढी केन्द्रहरू रहेका छन् भने यहाँ २७०० भन्दा बढी उत्साही कर्मचारीहरू कार्यरत छन्। इन्दिरा आईभीएफले एक वर्षमा लगभग चालिस हजार भन्दा बढी आईभीएफ उपचार विधिहरु पूरा गर्ने गरेको छ जुन देशभरिमै सबैभन्दा ठूलो सङ्ख्या हो ।

एक जिम्मेवार अनि अग्रणी संस्थाका रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, वर्जना, मिथक र गलत जानकारी हटाउन निरन्तर प्रयास गर्छ। इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि दक्ष जनशक्तीको विकास र ग्रुमिङ गर्न पनि प्रतिबद्ध छ। सन् २०२३ मा रणनीतिक रूपमा संगठनमा BPEA-EQT लगानी गरिएको थियो । इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा राजस्थानको उदयपुरमा डा. अजय मुर्डियाद्वारा गरिएको थियो ।

(डा. होमागाई वरिष्ठ प्रजजन विशेषज्ञ तथा इन्दिरा आईभीएफ, नेपालकी केन्द्र प्रमुख हुन् )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै