• २०८१ जेठ ६ आइतबार

बिदेशमा बस्ने नेपालीहरुलाई लगानीको अवसर : बार्षिक १० प्रतिसत व्याजमा बैदेशिक रोजगार बचतपत्र

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीका क्रमममा बिदेशमा रहेका नेपाली नागरिकहरुलाई लगानीको अवसर दिएको छ ।

पछिल्लो समय बैदेशिक रोजगारीबाट प्राप्त आय (रेमिटेन्स) को प्रयोग अनुत्पादन क्षेत्रमा हुने क्रम बढेपछि त्यस्तो रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउनको लागि प्रोत्साहन गर्ने उदेश्य अनुरुप राष्ट्र बैंकले यही असार एक गतेबाट २५ करोड रुपैयाँको बैदेशिक रोजगार बचत पत्र बिक्री गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार प्रत्येक छ, छ महिनामा १० प्रतिसतका दरले व्याज भुुक्तानी हुुने उक्त बचतपत्रको परिपक्व हुने अवधि बिसं २०८० असार २७ गते रहेको छ । खरिदकर्ताहरुले यही असार २१ गतेसम्म खरिदको लागि आवेदन दिन सक्नेछन भने बचतपत्रको जारी मिती २०७५ असार २७ गते तोकिएको छ । 

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यही असार एक गते देखि २१ गतेसम्म पाँच बर्षिय अवधिको वैदेशिक रोजगार बचतपत्र २०८० बिक्री गर्न लागिएको हो । बचतपत्र घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने छ । 

क—कसले किन्न सक्छन, यो बचत पत्र ?  

नेपाल राष्ट्र बैंकका अनुसार यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफु  वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा बचतपत्र खरिद गर्न सक्नेछन ।  

खरिदकर्ताहरुले यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सक्नेछन । प्रत्येक छ, छ महिनामा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैले वा इच्छाइएको व्यक्ति मार्फत भुक्तानी लिन सक्नेछन । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आप्mनो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने राष्ट्र बैकले जानकारी दिएको छ । 

कहाँ बाट किन्न सकिन्छ, यो बजत पत्र ? 

नेपाल राष्ट्र बैंकका अनुसार यो बचतपत्र खरिद गर्नको लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एनएमबी बैंक, माछापुछ्रे  बैंक, प्रभु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कर्मसियल बैंक, प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटलाई बिक्री एजेन्ट तोकिएको छ । 

बैदेशिक रोजगारीका क्रमममा बिदेशमा रहेका नेपाली नागरिकहरुले यिनै एजेन्टको कतार, कुवेत, युएई, साउदी अरेबिया, कोरिया, मलेसिया, ईराक, इण्डिया, साउथ कोरिया र ईजरायलमा रहेका बिक्री एजेन्ट मार्फत खरिद गर्न सक्नेछन । 

यस्ता छन, बिदेशमा रहेका बिक्री एजेन्ट र सम्पर्क नम्वर 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय