• २०८१ जेठ ६ आइतबार

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

kharibot

काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ ।  कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टी भने नफर्किने चिकित्सकहरुले बताएका छन्  ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने तिलगंगाका चिकित्सक डा. सन्दुक रुइतले बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै