• २०८१ जेठ ७ सोमबार

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनको विषयमा स्पष्ट गर्न आज पत्रकार सम्मेलन गर्दै छन् ।

कानुनी राय लिएर अदालत जाने तयारीमा रहेको जसपा नेपालले पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन आज पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ । पत्रकार सम्मेलन बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यलय बालकुमारीमा हुने बताइएको छ ।   

साथै जसपा नेपालको आज कार्यकारिणी समितिको बैठक पनि बस्ने बताइएको छ  ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसदले नयाँ दल गठन गर्दै जसपा बनाएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै