• २०८१ जेठ ६ आइतबार

पार्टीमा गुट बनाउने छुट कसैलाई छैन- ओली

kharibot

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् । नेकपा एमाले कपिलवस्तुको १०औँ अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीमा गुट बनाउने छुट कसैलाई नभएको बताएका हुन् ।

उनले भने- 'पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।'

उनले माधव नेपालप्रति लक्षित गर्दै भने- ‘हिजो एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् ? गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसुस गरेका छन् वा छैनन् ?’

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट गरेका थिए । उनले भने- ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउनेछैन ।’ कपिलवस्तुबाट देशमै ८ मन्त्री हुँदा १ पाएको, राष्ट्रिय सभाको उपाध्यक्ष पनि यहीबाट बनेको र प्रदेशमा पनि मन्त्री यहाँबाट भएको बताउदै ओलीले कपिलवस्तुले राम्रो प्रगति गरेको सुनाए । 

आजदेखि शुरु भएको जिल्ला अधिवेशन दुई दिनसम्म चल्ने र अधिवेशनमा ५५९ जना प्रतिनिधिले भाग लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै