• २०८१ जेठ ७ सोमबार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न आज अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै