• २०८१ जेठ ७ सोमबार

रातोबंगला र काठमाडौं वर्ल्ड स्कुललाई सोधियो स्पष्टीकरण

kharibot

काठमाडौँ । पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयहरूको अनुगमन गरेको छ।

समितिले भक्तपुर, ललितपुर र काठमाडौंका २० निजी विद्यालयहरूमा विद्यालयले लिने गरेको शुल्क, उपलब्ध गराउने छात्रवृत्ति, पढाउने पाठ्यक्रम, कक्षाकोठामा प्रयोग गरिएका सामग्री लगायतका विषयमा अनुगमन गरेको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा निजी विद्यालयहरूले विना स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरिरहेको गुनासोको आधारमा समितिले अनुगमन गरेको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले जनाएको छ ।

अनुगमन गरिएकामध्ये दुई स्कुललाई तत्कालै स्पष्टीकरण सोध्नु पर्ने देखिएकोले स्पष्टीकरण सोधिएको छ । अनुगमनका क्रममा ललितपुरमा रहेको रातोबंगला र भक्तपुरमा रहेको काठमाडौं वर्ल्ड स्कुलले नेपाल सरकारको स्वीकृति विना नै विद्यालय तहमै बालबालिकालाई क्यम्ब्रिज र आइबी फ्रेमवर्कमा पाठ्यपुस्तक प्रयोग गरेको पाइएकोले ती दुवै स्कुललाई स्पष्टीकरण सोधिएको हो ।

दुवै स्कुललाई तीन दिनभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको हो । 

नेपालमा सञ्चालित विद्यालयहरूले पाठ्यक्रमको आधारमा स्वीकृति लिएर मात्र कक्षाकोठामा पठनपाठन गराउनु पर्ने कानुनी व्यवस्था छ । 

अनुगमनका क्रममा निजी विद्यालयहरूले उपलब्ध गराउने छात्रवृत्ति समेत समस्या देखिएको छ । लक्षित विद्यार्थी भन्दा पनि भनसुनकै आधारमा अधिकांश निजी विद्यालयले छात्रवृत्ति उपलब्ध गराउने गरेको देखिएको अनुगमनमा गएका पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै