• २०८१ जेठ ७ सोमबार

फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । 

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिएका हुन् । उनीहरुले प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका छन् ।

पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरुको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरुको निश्कर्ष छ ।

आगामी दिनमा दलहरूको विकल्प, देशभक्त तथा राष्ट्रवादी, जनताको विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई संवृद्धि पथतर्फ डोर्याउने मोर्चाको लक्ष्य रहेको छ । पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न पनि मोर्चाले आह्वान गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै