• २०८१ जेठ ७ सोमबार

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई ६० रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्स १७ ओभरमा १८१ रन बनाएर अलआउट भएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २४१ रन बनाएको थियो । बैंगलुरुका लागि विराट कोहलीले सर्बाधिक ९२ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १० अंक भएको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जावको भने यो हारपछि प्लेअफको सम्भावना समाप्त भएको छ । १२ खेलमा ८ अंक रहेको पञ्जाव अंक तालिकामा नवौं स्थानमा झरेको छ ।

यसका साथै यस सिजनमा मुम्बई इण्डियन्सपछि पञ्जाव किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै