• २०८१ जेठ ७ सोमबार

नेपाल टेलिकमको नयाँ लाइसेन्स अवधि ५ वर्ष थप

kharibot

काठमाडौँ । सरकारले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्ले टेलिकमको नयाँ लाइसेन्स अवधि ५ वर्ष थप गर्ने निर्णय गरेको हो ।

टेलिकमको २५ वर्षे लाइसेन्स अवधि सकिएसँगै दुरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बिहीबार लाइसेन्स अवधि थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन् ।

टेलिकमले नवीकरण शुल्कबापत २० अर्ब रुपैयाँ प्राधिकरणमा बुझाएपछि सरकारले लाइसेन्स अवधि थप गर्ने निर्णय गरेको हो । २१ करोड रुपैँया शुल्क तिर्ने गरी ५ वर्षे अवधिका लागि नयाँ लाइसेन्स जारी भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

यसअघि टेलिकमको लाइसेन्स अवधि तीन पटक थप भइसकेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै