सिंगापुर । सिंगापुरस्थित उत्तर कोरियाली दूतावासमा जबर्जस्ती पस्न खोजेको अभियोगमा पक्राउ परेका दुई दक्षिण कोरियाली पत्रकारलाई सिंगापुरका अधिकारीहरुले फिर्ता पठाइदिएका छन् ।
सिंगापुरको कानुन एवं गृह मामिलामन्त्ती के शामुगमले आइतबार उनीहरुले त्यसो गर्नु गलत भएको बताए ।
पक्राउ परेर छाडिएका दुई जना कोरियन ब्रोडकाष्टिंग सिष्टम न्युजका रहेको बताइएको छ । उनीहरु शुक्रबार पक्राउ परेका थिए ।
उनीहरुको संस्था केबीएसले यसबारे माफी मागेको छ ।
यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।