• २०८१ श्रावण १२ शनिबार

प्रहरी जवान हत्या आरोपमा ७ जना पक्राउपछि सार्बजनिक

kharibot

काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय लिँदै आएका थिए ।

उनीहरूलाई अस्ट नारायण हल पछाडि २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ प्रहरीले प्रक्राउ गरेको बताएको छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै