• २०८१ असार २ आइतबार

आइपिएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुदै छ ।

आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

बैंगलुरुले समुह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको हो । बैंगलुरुको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको थियो ।

त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो । राजस्थानले समुह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल बर्षाले रद्ध भएको थियो ।

बैंगलुरुका लागि विराट कोहलीले यस सिजनमा शानदार ब्याटिंग गरिरहेका छन् । उनले अहिलेसम्म ७०८ रन बनाएका छन् । त्यस्तै कप्तान फाफ डुप्लेसिस र रजत पाडीदारले पनि शानदार ब्याटिंग गरिरहेका छन् । फाफले अहिलेसम्म ४२१ र रजतले ३६१ रन बनाएका छन् । त्यस्तै बैंगलुरुका लागि यश दयालले सर्बाधिक १५ विकेट लिएका छन् भने मोहमद सिराजले १३ विकेट लिएका छन् ।

त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५३१ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५०४ रन बनाएका छन् ।
त्यस्तै राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १७ विकेट लिएका छन् भने आभेश खानले १३ विकेट लिएका छन् ।

आइपिएलमा बैंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । बैंगलुरु अहिलेसम्म २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा  फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

आज दुवै टिमका लागि यस सिजनको उपाधि जित्ने बाटो तय गर्ने अवसर रहेको छ । आज जित्ने टिमले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ भने पराजित हुने टिम आइपिएलबाट बाहिरिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै