• २०८१ असार २ आइतबार

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

kharibot

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिटमा आज पनि  सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा मंगलबारबाट सुनुवाइ सुरू भएको रिटमा आज सोही इजलासमा सुनुवाइ हुन लागेको छ । 

यसअघि सर्वोच्चले  उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो ।

मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो। मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सभामा सभामुखसहित ६० सदस्य रहेकोमा बहुमतका लागि ३१ मत आवश्यक थियो । तर,सभामुखले अधिकारीलाई विश्वासको मत दिइ बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस अदालत गएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै