• २०८१ असार २ आइतबार

गृहमन्त्री लामिछानेको दुई राहदानी र नागरिकताको विषय छानबिन हुनुपर्छ- डा. शेखर कोइराला

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई वटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले आज (बिहीबार) विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले सरकार अधिनायवादतर्फउन्मुख रहेको पनि टिप्पणी गरे । नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिए । उनले कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने उद्घोष गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै