• २०८१ असार २ आइतबार

बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !

kharibot

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।

द टेलिग्राफका अनुसार, बायर्नले कम्पनीलाई आफ्नो नयाँ प्रशिक्षक बनाउन अन्तिम चरणको छलफलमा रहेको छ ।

यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको छ ।

म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनीले आफ्नो प्रशिक्षण टिमसहित बायर्न जाने लगभग निश्चित भएको मिडिया रिपोर्टमा दाबि गरिएको छ । २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरी रेलिगेसनमा परेको छ ।

अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्ह्सिय कम्पनीलाई भित्र्याउने तयारी गरेको छ । हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने यस अघि नै बताइसकेका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै