काठमाडौँ । नेपाली काँग्रेसका सांसद अत्तहर कमल मुसलमानले कपिलबस्तुमा हुलाकी सडकको निर्माणमा सरकारले ध्यान नदिएको बताएका छन् ।
संसदको आजको बैठकको शुन्य समयमा भाग लिदै कपिलवस्तुको हुलाकी सडक मेरुदण्ड भएको तर यसको निर्माणमा सरकार गम्भीर नभएको भन्दै तौलिहवादेखि बहादुरगंजको हुलाकी सडक बजेटमा पर्दा पनि काम किन सम्पन्न हुन सकेन भन्दै यसलाई तत्काल अगाडी बढाउन सरकारसँग माग गरेका छन् ।
साथै उनले मुस्लिम समुदायको इदको सार्वजनिक बिदाको माग पनि गरेका छन् ।