• २०८१ बैशाख २३ आइतबार

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको केन्द्र परिवर्तन गरिँदै

kharibot

सुर्खेत  ।  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका केन्द्र परिवर्तन गरी लुहादह कायम गर्नेबारे आएको प्रस्ताव मन्त्रिपरिषदको राजनैतिक समितिमा पठाउने पहिलो निर्णय गरेको छ । 

प्रदेश सरकारले कर्णाली प्रदेश वातावरण संरक्षणसम्बन्धी विधेयक, २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने तथा प्रदेश प्रहरीसम्बन्धी विधेयक, २०७५ को मस्यौदा तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए । 

बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक २०७५, कर्णाली प्रदेश ऋण उठाउनेसम्बन्धी विधेयक, २०७५ र कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै