रसुवामा प्रहरीलाई नागरिकमैत्री बनाउने अभियान शुरु

खरीबोट

रसुवा / नागरिक र प्रहरीबीचको समन्वय एवं सहकार्यमा अपराध र अपराधजन्य समस्या हल गर्न रसुवा प्रहरीले गृहकार्य अगाडि बढाएको छ । 

जिल्ला प्रहरी प्रमुख शरत्कुमार थापा क्षेत्रीका अनुसार सामाजिक विकृतिविसंगतिविरुद्ध जनचेतना फैलाई नागरिकमैत्री प्रहरीको छविको विकास गर्ने उद्देश्यले टोलटोलमा पर्चा पम्प्लेटसहित चेतनामूलक अभियान शुरु गरिएको हो । 

अभियानअन्तर्गत विद्यालयमा सम्पर्क, सडक तथा ट्राफिक चेतना, लागुऔषध नियन्त्रण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जनस्तरबाट सुझाव एवं सूचना संकलन गरिने, अदालतको आदेश कार्यान्वयनअन्तर्गत फरार अपराधीको वासस्थान पहिचानबाट नियन्त्रणमा लिनेजस्ता विविध कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५३ मुद्दा परकोमध्ये सबै मुद्दा अनुसन्धान गर्न सफल भएको र सबैभन्दा बढी सार्वजनिक अपराध रहेको प्रहरीले जनाएको छ । 

अपराधका प्रकृतिमा कर्तव्य ज्यान, सरकारी छाप र सही किर्तेबाट नक्कली सवारी अनुमतिपत्र बनाएको, साइबर, अपराधजस्ता प्रकृृतिका घटना रहेको बताइएको छ । आव २०७१÷७२ को अभिलेख अध्ययन गर्दा विभिन्न प्रकृतिका १९८ मुद्दा दायर भएको प्रहरी प्रमुखले बताए । 

नेपाल–चीनबाट सामान ओसारपोसार गर्ने कन्टेनर चालकमध्ये ९५ प्रतिशतले मार्ग इजाजत एवं चालक अनुमतिपत्रविना चलाएको र पुराना कन्टेनर चलाउँदा बिग्रिएको र सडक अवरुद्ध गर्ने गरेको पाइएकाले गाडीको अवस्था, चालकसँगको कागजात रसुवा प्रदेशको सिमाना बेत्रावतीमै परीक्षण गरी प्रक्रिया नपुगेको कन्टेनरलाई रसुवा प्रवेशमा रोक लगाइएको सुरक्षा अधिकारीले बताए । 

एघार महिनामासडक अनुमतिविना चलाइएका छ हजार ७०० सवारी साधनलाई कारवाही गरी रु ५२ लाख ८४ हजार राजश्व दाखिला भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । 

अदालतको आदेश कार्यान्वयनअन्तर्गत विभिन्न मुद्दामा विगतदेखि फरार रहेका १०८ जनामध्ये हालसम्म २१ जना नियन्त्रणमा लिन सफल भएको र ८७ जनाको खोजी तीव्र पारिएको प्रहरी प्रमुख क्षेत्रीले बताए । 

जिल्लामा जिल्ला प्रहरी कार्यालय, सीमा प्रहरी चौकी र इलाका प्रहरी चौकी एक एक, प्रहरी चौकी नौ र अस्थायी प्रहरी बिट दुई छन् । नेपाल प्रहरीको दरबन्दी ३०६ जना रहे पनि अहिले २५० जना मात्र कार्यरत छन् । रसुवाको जनसंख्याको हिसाबले एक प्रहरीले एक हजार ७३२ नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता रहिआएको प्रहरीले जनाएको छ । 

गाउँपालिकामार्फत गाउँ गाउँमा सडक विस्तार भएकाले गाउँमा हुने घटना नियन्त्रण लिन सवारी साधनद्वारा छिटो पुग्न सहज भएको छ । सुरक्षा चुस्त पार्न १२ मोटरसाइकल र चार जीप परिचालन भइरहेको छ । नेपाल प्रहरीले राजमार्ग तथा विद्युत्गृह निर्माणस्थल, धार्मिक क्षेत्र गोसाइँकुण्ड, पर्यटकीय रेडपाण्डा पदमार्ग लाङ्टाङ, रसुवागढी—नाका क्षेत्रमा समेत विशेष प्रहरी गस्ती बढाएको छ । 

नेपाल प्रहरीले सुरक्षाका साथसाथै गाउँगाउँमा रहेको प्रहरीचौकीको पूर्वाधार व्यवस्थापन, जग्गाको भूस्वामित्व कायम, जिल्ला प्रहरी कार्यालय परिसरमा हेलिप्याड निर्माण, कारागार र प्रहरीको खाद्य सामग्री ढुवानीलाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट नयाँ सडक निर्माणजस्ता काम गरेको स्थानीय बुद्धिजीवीले बताएका छन् । 

यस्तै शान्ति सुरक्षा र अमनचयन कायम राख्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुधार कार्ययोजनाले समेत जिल्लाभित्र सुरक्षा व्यवस्था मजबुत पार्न सहज भएको प्रहरीले जनाएको छ । 

प्रजिअ कृष्ण पौडेलले सेवा प्रवाहमा सुधारका लागि ७१ बुँदे जिल्ला प्रशासन सुधार कार्ययोजना, २०७५ लागू गरेपछि सरकारी निकायको काम छिटोछरितो हुन थालेको नागरिक समाजले जनाएको छ । प्रजिअ पौडेलको प्रयासबाट जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्शले सिंहदरबारको अधिकार गाउँगाउँ पुगेको जनमानसमा विश्वास बढ्दै गएको सेवाग्राहीले बताएका छन् । 
 

सम्बन्धित समाचार

रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण हुँदै

रसुवा । नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माणको कार्य अगाडि बढेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हाल भइरहेको स्थानबाट पाँच मिटर

गल्छी–रसुवागढी सडक प्रभावितद्वारा मुआब्जाका लागि सङ्घर्ष समिति गठन

नुवाकोट। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।  योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको

गल्छी–रसुवागढी’ सडकको डिपिआर फेरी गर्नुपर्ने

बेत्रावती। राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरी तयार गर्नुपर्ने भएको छ ।  नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत

रसुवागढी र साञ्जेनले सेयर निस्कासन गर्दै

काठमाडौँ । रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ । स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् ।


z