• २०८१ बैशाख १४ शुक्रबार

कञ्चनपुरमा केराका बिरुवाबाट १० लाख आम्दानी

kharibot

फाइल तस्विर । 

कञ्चनपुर / बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएक छन  । 

नर्सरीमा  तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी  १० लाख आम्दानी गरेका छन  । उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गरे  । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आएका छन  । 

नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा  ४० का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न  ४० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताए  । 

शाखाको  ४० हजार तथा किसानको ४३ हजार लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै