• २०८१ बैशाख १४ शुक्रबार

बलाच–अत्तरिया १३२ केभी प्रशारण लाइनको परीक्षण

kharibot

दार्चुला । शैल्यशिशर नगरपालिका–१ बलाचमा निर्माणधीन चमेलिया जलविद्युत् परियोजनाका लागि बलाच–अत्तरिया १३२ केभी प्रशारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । 
बलाच–अत्तरिया १३२ केभीको प्रशारण लाइन र सवस्टेशनको परीक्षण गर्न लागिएको हो । जडान गरिएका उपकरण, १३१ किलोमिटर प्रशारण लाइन, दार्चुलाको बलाचमा रहेको मुख्य र सवस्टेशनलगायत आयोजनाका उपकरणको परीक्षण सुरु भएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । 

प्रशारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदाता, इन्जिनियरलगायत प्राविधिकको टोलीले अत्तरियाबाट परीक्षण शुरु गरेको आयोजनाले जनाएको छ । १३१ किलोमिटर प्रशारण लाइन र सवस्टेशन, विभिन्न उपकरणको परीक्षण कार्य १५ दिनसम्म गरिनेछ । 

सुरुमा रु आठ अर्ब ५० करोड लगानीमा सम्पन्न गर्ने भनिएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न भइसक्दासम्म रु १५ अर्ब ६० करोड लाग्ने अनुमान छ । हालसम्म आयोजनाको करिब रु १४ अर्ब ५० करोड खर्च भइसकेको छ । 

सन् २००७ देखि सञ्चालन भएको राष्ट्रिय गौरवको आयोजना तथा प्रदेश नं ७ को सबैभन्दा ठूलो आयोजनाले यसै वर्षदेखि विद्युत् उत्पादन सुरु गर्नेछ । 

सन् २०११ मा सम्पन्न हुने भनिएको आयोजनाको काम विभिन्न कारण अघि बढ्न सकेको थिएन । अबको तीन महिनामा विद्युत् उत्पादन थाल्ने गरी काम भइरहकोे आयोजनाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै