काठमाडौँ । इङल्याण्डका पुर्वकप्तान वाइन रुनी आफ्नो वैवाहिक जीवन बचाउन संघर्ष गरिरहेका छन् ।
गत साता आफनै अफिसमा कार्यरत महिलासँग पार्टी गरेको खुलासा भएपछि रुनीको वैवाहिक जीवन संकटमा परेको हो । डेलीमेलका अनुसार सो घटनाबाट चार महिनाकी गर्भवती श्रीमती कोलीन रुनी अत्यन्त दुखि भएको र रुनीसँगको वैवाहिक जीवन अन्त्य गर्न लागेको उल्लेख गरेको छ ।
सो घटनापछि रुनीले रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । पछि रूनिलाई धरौटीमा छोडेपनि अर्को यसै महिनाको अन्त्यमा मेजिस्ट्रेट न्यायधिससँग उपस्थित हुन् भनिएको छ । घटनामा आफ्नै अफिसकी महिला लौरा सिम्सनलाई रुनीले किस गरेको उनलाई अँगालो हालेको घटना बाहिर आएको थियो ।
सो घटनापछि छुट्टी मनाइरहेकी कोलीन रुनी स्पेनबाट फर्किएकी छन् । बेलायतको मिडिया द सनले कोलिनले रुनीसँग पार्टी गरेकी महिला साम्सनसँग फोनमा कुरा गरेर सत्य बताउन आग्रह गरेको उल्लेख गरेको छ ।
यता रुनीका साथीहरुले रुनीले आफ्नो ९ बर्षे वैवाहिक जीवन अन्त्य भएको बताएको मिडिया रिपोर्टमा उल्लेख गरीएको छ । रुनीका हाल तीन छोराहरु छन् भने चौथो बच्चा आउने क्रममा रहेको छ ।
कोलीनले आफु प्रेग्नेंट भएको बेला रुनीले यस्तो गरेको भन्दै अत्यन्त दुखि भएको बताइएको छ । कोलीनका साथीहरुलाई उल्लेख गर्दै कोलीनले विगतमा पनि धेरै पटक आफ्नो वैवाहिक जीवनलाई बचाएको तर यसपटकको घटनाले उनि बढी दुखी भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
हालै म्यान्चेस्टरबाट आफ्नो पुरानै क्लब इभर्टनमा फर्किएका रुनीले इङल्याण्डको राष्ट्रिय टिमबाट पनि सन्यास लिने घोषणा गरेका छन् ।