काठमाडौँ । दक्षिण कोरियाको संसदमा शनिबार राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोग प्रस्ताव असफल भएको छ ।
सत्तारुढ जनशक्ति पार्टी (पीपीपी) ले मतदान बहिष्कार गरेपछि प्रस्ताव असफल भएको थियो । राष्ट्रपति सुक-योलले गत साता मार्शल ल लागू गरेका थिए ।
प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टी र केही अन्य साना दलहरूलाई राष्ट्रपतिलाई महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
नेशनल एसेम्बलीले राष्ट्रपतिको आदेशलाई उल्टाएर उनको मन्त्रिपरिषद्लाई उठाउन बाध्य बनाएको थियो ।









