• २०८१ बैशाख १४ शुक्रबार

एनएमबी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

kharibot

काठमाडौँ । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पतालसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।  

सम्झौतामा एनएमबी बैंकका चिफ बिजिनेस अफिसर सुदेश उपाध्याय  र नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबी भिसा देभित तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनीङ प्याकेज, रेडियोलोजी, लाब्रोटोरी र बेड चार्जमा १० % (दश प्रतिशत) र रेडियसन थेरापी तथा ब्राची थेरापीमा ७ % (सात प्रतिशत) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ । 
 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै