• २०८३ जेठ ११ सोमबार

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

मंगलबार बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०र३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ । त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै