• २०८१ बैशाख २६ बुधबार

पूर्वधावक हरिबहादुर रोकायालाई आर्थिक सहयोग

kharibot

काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल पूर्वधावक हरिबहादुर रोकायालाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट रोकायालाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार लोकन्थलीमा रहेका रोकायाको स्वस्थ्य अवस्था बारे जानकारी लिनुका साथै उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । 

सदस्य–सचिव विष्टले रोकायाको शीघ्र स्वास्थ लाभको कामना गर्दै थप सहयोगका लागि पनि के गर्न सकिन्छ त्यसमा विचार गर्ने बताए ।

जुम्ला खलङगा बजार निवासी ५४ वर्षिय रोकाया राखेपअन्तर्गत जुम्ला जिल्ला खेलकुद विकास समितिको एथलेटिक्सका स्थायी प्रशिक्षक हुन् । असार २ गते अचानक अस्वस्थ भएपछि रोकायालाई जुम्लाबाट उपचारका लागि काठमाडौंको बाँस्बारीस्थित न्युरो अस्पताल ल्याइएको थियो । चारदिन अघि डिस्चार्ज भएका रोकायाको नशामा कम्जोरी भएको बताइएको छ ।

रोकाया विश्वको अग्लो भागमा हुने एभरेष्ट म्याराथनका लगातार तीनपटकका विजेता हुन् । रोकायाले ४ दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग), २ एसियाली खेलकुद र २ ओलम्पिक गेम्समा नेपालको प्रतिनिधित्व गरेका छन् । रोकायाले विभिन्न अन्तर्राष्ट्रिय एथलेटिक्समा सहभागिता जनाइ २ स्वर्ण, १ रजत र ४ कांस्य जितेका छन् ।

एथलेटिक्सको ५ हजार र १० हजार मिटर दौडबाट करियर थालेका रोकायाले आफ्नो स्वास्थ्यमा धेरै सुधार आइरहेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै