• २०८३ जेठ ९ शनिबार

डढेलोमा गम्भीर घाइते पाँचथरकी सम्वाहाम्फेको निधन

डढेलोमा गम्भीर घाइते पाँचथरकी सम्वाहाम्फेको निधन

प्रतिनिधि तस्बीर

पाँचथर । पाँचथरको कुम्मायकमा डढेलोमा पर्दा गम्भिर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको निधन भएको छ ।

डढेलोमा गम्भिर घाइते भएकी सम्वाहाम्फेको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

कुम्मायक गाउँपालिका- ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको नीजी बनमा लागेको डढेलोमा पर्दा घाइते भएका स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारार्थ धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । उनीहरू मध्ये सिवाना बाहेक २ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आगो निभाउने क्रममा कुम्मायक- १ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ भने फिदिम नगरपालिका-१३ जौवारीको जंगलमा विहिबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भिर भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै