• २०८३ कार्तिक १३ शुक्रबार

यस्तो छ बार एसोसिएसनको मतगणनाको पछिल्लो परिणाम

यस्तो छ बार एसोसिएसनको मतगणनाको पछिल्लो परिणाम

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

पछिल्लो मत परिणामानुसार, अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले एक हजारभन्दा बढी मतले अग्रता हासिल गरेका छन् । मिश्रले २८८२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिष्पर्धीमा व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १४८२ मत प्राप्त गरेका छन् । 

यस्तै, महासचिवमा मिश्र प्यानलका केदारप्रसाद कोइराला फराकिलो अन्तरले अगाडी रहेका छन् । उनले २८६० मत प्राप्त गरेका छन् । त्यस्तै श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले १२३८ मत ल्याएका छन् । 

यी बाहेक सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । 

बारको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान भएको थियो ।  बारमा नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै