• २०८२ कार्तिक १९ बुधबार

आलोचकलाई सुरक्षाको कवितामार्फत जवाफ- संस्कार नहुँदासम्म, मलाई छुन नआउनु !

kharibot

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको सामाजिक संजालमा आलोचना भइरहेका बेला उनले कविता मार्फत जवाफ दिएकी छन् । 

शनिबार सुरक्षाले आफूलाई आलोचना गर्नेहरुलाई जवाफ दिँदै फेसबुकमा कविता लेखेकी हुन् । 

सुरक्षाको कविता :

समर्पित

मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु !

पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ ! तुच्छ ! आकार..

संस्कार नहुँदासम्म, मलाई छुन नआउनु ।

सुरक्षाले कवितामार्फत आफ्नो आलोचना गर्ने आफ्नो फिल्म  बहिष्कार गर्नुपर्छ भन्दै विरोध गर्नेलाई जवाफ दिएको कविताको भावबाट बुझ्न सकिन्छ । 

एक अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त रहेको अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका थिए । कतिले सुरक्षाको हाल रिलिज भएको फिल्म ‘खेल’ लाई बहिष्कार गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।

सुरक्षाको अभिव्यक्तिको विरोध भएपछि केहि नेता र सेलिब्रेटी उनको बचाउमा समेत आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै