• २०८३ बैशाख २६ शनिबार

रवीन्द्र मिश्रमाथि प्रहरीको व्यवहारको आलोचना

रवीन्द्र मिश्रमाथि प्रहरीको व्यवहारको आलोचना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले गरेको व्यबहारको आलोचना भएको छ । आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो ।

प्रहरीले थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडीसहित अदालत लैजाँदै गर्दा उनले नमस्कार गर्न खोजेपछि धकेलेर अगाडी बढाएको थियो । प्रहरीले मिश्रलाई बोल्न समेत नदिएर धकेल्दै लागेपछि प्रहरीको आलोचना गरिएको हो ।

यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो । तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएन ।

उनीसँगै पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर जबरा छुटेर उपचारको लागि भारत पुगेका छन् भने मिश्र भने अझै हिरासतमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै