• २०८३ बैशाख २६ शनिबार

लिङदेनले संसदमा आधारहीन कुरा गर्नुभन्दा आफ्ना नेता र समर्थकलाई जिम्मेवार बनाउनु- कांग्रेस

लिङदेनले संसदमा आधारहीन कुरा गर्नुभन्दा आफ्ना नेता र समर्थकलाई जिम्मेवार बनाउनु- कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा चैत्र १५ गते तिनकुने आन्दोलनको क्रममा भाटभटेनी लुट्ने काममा कांग्रेस सहमहामन्त्रीको छोरा संलग्न भएको भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले लिङदेनले राप्रपाका कार्यकर्ताहरुले गरेको क्रियाकलाप र लुटपाटलाई ढाकछोप गर्न जिम्मेवार र सभ्य नागरिकमाथि आरोप लगाएको भन्दै काँग्रेसले निन्दा गरेको छ ।

साथै कांग्रेसले लिङदेनले संसदमा यस्ता आधारहीन कुराहरु गर्नुभन्दा आफ्ना नेता कार्यकर्ता र समर्थकलाई जिम्मेवार बनाउन आग्रह गरेको छ ।

         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै