• २०८३ भदौ ४ बिहीबार

कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु

कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको पश्चिम बंगालको कोलकाताको मेचुआपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी भएको छ ।

सो आगलागीमा १४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मंगलबार राति ८:१५ बजे ऋतुराज होटलमा आगलागी भएको थियो । होटलमा आगलागी भएपछि धेरै मानिसहरू भवनको झ्याल र साँघुरो पर्खालबाट भाग्दा घाइते भएको बताइएको छ । 

भीडभाड भएको क्षेत्र भएकाले दमकलका गाडीहरू त्यहाँ पुग्न कठिनाइ भएको बताइएको छ । बुर्रा बजार पूर्वी भारतको सबैभन्दा ठूलो थोक बजार क्षेत्र हो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै