• २०८३ असार २९ सोमबार

दीपकराज गिरी लेख्छन्- कि फेर्ने साहस गर्नुपर्छ, होइन भने प्रधानमन्त्रीको सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन

दीपकराज गिरी लेख्छन्- कि फेर्ने साहस गर्नुपर्छ, होइन भने प्रधानमन्त्रीको सम्मान गर्दा अपमानबोध गर्नुपर्दैन

काठमाडौँ । कलाकार दीपकराज गिरीले देशको प्रधानमन्त्रीलाई सम्मान गर्दा अपमानबोध गर्न नपर्ने टिप्पणी गरेका छन् ।

मङ्गलबार फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक तस्बीर पोष्ट गर्दै गिरीले कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमान बोध गर्नुनपर्ने टिप्पणी गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीको प्रशंसा गरेका अर्का कलाकार प्रकाश सपूतका विरुद्धमा सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । गिरीले सोहि प्रसंगसँग जोड्दै सामाजिक सञ्जालमा यस्तो लेखेको विश्लेषण गरिएको छ ।

उनले सो तस्बीर प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित काभ्रेको वनेपामा निर्माण हुने सिनेमा स्टुडियोको सिलान्यासको क्रममा खिचेका हुन् ।

उनले लेखेका छन्- 

आजको फोटो ….!!!
प्रधानमन्त्रीसँग किन फोटो हालिस ? अब तेरो…..
यस्तै यस्तै कमेन्ट आउने होला !
तर कमेन्टसँग डराएर ज़िन्दगी बॉच्न छोड्नु भएन !
कि प्रधानमन्त्री फेर्ने साहस गर्नु पर्छ
होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा
अपमान बोध गर्नु पर्दैन ! जय सकारात्मकता...

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै