• २०८३ जेठ २४ आइतबार

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्रका गोताखोरद्वारा फेला

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्रका गोताखोरद्वारा फेला

म्याग्दी । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव जेठ ५ गते सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोही ठाउँ बस्ने १५ वर्षिय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुवेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करीव १५ फिट गरिहाईबाट निकालेको हो ।

उनको खोजीकार्यको लागि नं. २४ कालिका गणबाट सोमबाटर बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै