• २०८३ असार ६ शनिबार

देखाइयो मच्छेन्द्रनाथको भोटो

देखाइयो मच्छेन्द्रनाथको भोटो

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । राजतन्त्रको समयमा राजा यो जात्रा हेर्न जाने गर्दथे भने गणतन्त्र आएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।

यस अवसरमा सरकारले आज उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै