• २०८१ बैशाख १५ शनिबार

‘कायरा’ को पहिलो गीत सार्वजनिक, आर्यन र साम्राज्ञीको गज्जबको केमेस्ट्री 

kharibot

काठमाडौँ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ । 

दुई हप्ताअघि रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले 'सुखमा...' बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ । 

फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीको जोडीलाई सुन्दर देखिएको छ । यो जोडी पर्दामा पहिलो पटक आएको हो । 

सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । 

'कायरा' का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् भने राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तय गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै