• २०८३ कार्तिक १३ शुक्रबार

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टमा पाइलट एसोसिएसनको आपत्ति

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टमा पाइलट एसोसिएसनको आपत्ति

काठमाडौँ । भारतको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टमाथि एयरलाइन पाइलट एसोसिएसन अफ इन्डियाले अनुसन्धानको विधिमाथि चिन्ता व्यक्त गरेको छ ।

एसोसियसनले विज्ञप्तिमा, योग्य व्यक्तिहरूलाई अनुसन्धानमा समावेश नगरिएको आरोप लगाउदै रिपोर्टप्रति चिन्ता व्यक्त गरेको हो ।

एसोसियसनका अध्यक्ष क्याप्टेन साम थोमसले भनेका छन्- 'हामीलाई लाग्छ, यो अनुसन्धान पाइलटहरूलाई दोषी ठानेर गरिएको छ र हामी यो सोचाइमा आपत्ति जनाउँछौं ।'

पाइलट एसोसिएसनले अधिकारीहरूलाई अनुसन्धान प्रक्रियामा समावेश गर्न अपील गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'हामी फेरि एक पटक उनीहरूलाई अनुसन्धानमा आवश्यक पारदर्शिता कायम राख्न हामीलाई पर्यवेक्षकको रूपमा समावेश गर्न अपील गर्दछौं ।' 

विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्ट अनुसार, उडान भरेको केही सेकेन्ड पछि विमानको दुवै इन्जिन बन्द भएको थियो । रिपोर्टले विमानका दुई पाइलटहरू बीचको कुराकानी पनि उल्लेख गरको छ । इन्जिनको इन्धन आपूर्ति बन्द हुने बित्तिकै, इन्जिन १ र इन्जिन २ को गति उडान भर्ने स्तरबाट घट्न थालेको प्रारम्भिक अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै