• २०८३ जेठ १० आइतबार

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी भदौ ३१ मा हुने भएको छ ।

भारतबाट निमन्त्रणा अनुसार दुई दिने भ्रमणको तालिका तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको हो ।

भ्रमणको तालिका तय भएपछि दुवै पक्ष यस भ्रमणका एजेण्डा तय गर्न लागिरहेको बताइएको छ ।

यस अघि प्रधानमन्त्री नियुक्त भएको केहि महिनामै भारत भ्रमण हुने गरेकोमा प्रधानमन्त्री ओली अन्तत: आफ्नो कार्यकालको करिब १४ महिना पछि भारत जाने भएका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै