• २०८२ असोज २१ मंगलबार

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदैछन् ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गर्न महोत्तरी र बारा जान लागेको बताएका छन् ।

उनले भनेका छन्- आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।'

मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै