• २०८३ जेठ २४ आइतबार

नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

प्रतिनिधि तस्बीर

नवलपुर । नवलपुरस्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् । मंगलबार विहान ६ बजे बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको छ । 

नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडेर नदीमा हाम फालेको बताइएको छ  । हाल सशस्त्र प्रहरी वल १७ नम्बर गण आँपटारी चितवनबाट खटिएको गोताखोरको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै