• २०८१ बैशाख २७ बिहीबार

डा.गोविन्द केसीको रगतमा पोटासियमको कमी

kharibot

जुम्ला । विगत १८ दिनदेखि अनशनमा रहदै आएका डा.केसीलाई हाइपोक्यालेमिया भएको छ । वार्ता टोली गठन नभएसम्म रगत परिक्षण नगराउने अडानका विच वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा  हाइपोक्यालेमिया देखिएको हो । 

चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाई हाइपोक्यालेमिया भनिन्छ । 

मानव शरिरमा पोटासियम,मुटुको चाललाई  ठिक ठाउँमा राख्न र अन्य मांसपेशीहरुलाई समेत स्वस्थ राख्न आवश्यक पर्दछ । यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असरहरु देखा पर्दछन ।

हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरु कमजोर भएको महशुस गर्दछन। खुट्टाबाट सुरु हुने यस किसिमको कमजोरी विस्तारै शरिरको माथिल्लो भाग तर्फ सर्दछ । उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा.केसीमा देखिदै आएको छ । 



पोटासियमको कमि भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तनहरु आउँछ्न जसका कारण पेट दुख्ने , वाकवाकी लाग्ने समस्याहरु देखिन थाल्छन् जुन डा.केसीमा विगत केही दिनयता झन थपिदै गइरहेको छ ।

यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास , मिर्गौला र मुटुमा देखिन्छ । रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् जसका कारण बिरामीलाइ सास फेर्न अप्ठ्यारो हुने र केही दिन भित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ । यहि जोखिमलाइ मध्यनजर गर्दै अनशन स्थलमा अस्पतालले भेन्टिलेटर स्ट्यान्डबाइ राखेको छ ।

पोटासिमयमको कमिले डा.केसीको मिर्गौलामा पनि असर पुर्याउन सक्छ । 

यदि त्यो अवस्था आएमा स्थिती थप जटिल हुने चिकित्सकहरु बताउँछन् । 

उपचारमा संलग्न डा.धिरज गुरुङ  डा.केसीलाइ हाइपोक्यालेमिया भएसँगै मुटुको चाल बिग्रने हो कि भन्ने डरले चिन्तित छन् । 

आज दिउँसो जारी एक विज्ञप्तिमा उपचाररत चिकित्सकहरुले भनेका छन् - "डा.केसीलाई विगतमा पनि  'एरिदमिया' (मुटुको चालमा गढबढी) देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा आजको रिपोर्ट अनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गढबढी आइ धड्कन नै बन्द हुनसक्ने देखिएको छ ।"




मुटुको चालमा आउनसक्ने गढबढिलाइ ध्यानमा राख्दै अनशन स्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ ।  तर यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा.केसीलाइ सिसियुमै राखेर उपचार गर्नु पर्ने  चिकित्सकहरुको सुझाव रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै