विश्वकप फाइनलमा मैदानमा प्रवेश गर्ने ४ जनालाई जेल सजाय

खरीबोट

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल भैरहदा मैदानमा प्रवेश गर्ने ४ जनालाई रुसको अदालतले १५ दिनको जेल सजाय सुनाएको छ ।

खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गर्ने ३ जना महिला ए एक जना पुरुषलाई अदालतले १५ दिनको जेल सजाय सुनाएको हो । साथै उनीहरुलाई तीन बर्षसम्म कुनै पनि खेल हेर्न स्टेडियममा आउन पनि प्रतिबन्ध लगाइएको छ ।

प्रहरीको ड्रेसमा मैदानमा पुगेका चार जनाले आफुहरु बोल्ने स्वतन्त्रताका लागि, फिफाको फुटबल नीतिको विरोधमा मैदानमा गएको बताएका छन् ।  मैदानमा प्रवेश गरेकी कुराच्योभाले आफुहरुले खेल अवरुद्ध गरेकोमा खुशी व्यक्त गर्दै फिफा सबै राष्ट्र प्रमुखको साथि भएको र यसले मानव अधिकारको पनि उलंघन गरेको आरोप लगाइन ।

साथै उनीहरु रसियामा पुटिन विरोधी रहेको पनि खुलेको छ । उनीहरु मध्ये तीन जना यसअघि पनि पुटिनको विरोध गरेको आरोपमा सन् २०१२ मा जेल परेका थिए । 

खेलको महत्वपूर्ण समयमा उनीहरु मैदानमा पसेपछि क्रोसियाका डिफेन्डर डेजान लोभरेनले मैदानमा पसेका पुरुषलाई समातेर मैदानको बाहिर तानेका थिए । 

सम्बन्धित समाचार

अर्को वर्ष हुने महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री

पेरिस। अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ ।  अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट

स्याङ्जामा प्याराग्लाइडिङ  एक्युरेसी विश्वकप प्रतियोगिता शुरु

स्याङ्जा । स्याङ्जाको स्वरेक मैदानमा नेपालमा पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ । भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ

विश्वकप क्रिकेट ट्रफी आज वसन्तपुर घुमाइने

काठमाडौँ । विगत चार दिनदेखि नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

काठमाडौँ। विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो


z