विश्वकप फाइनलमा मैदानमा प्रवेश गर्ने ४ जनालाई जेल सजाय

खरीबोट

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल भैरहदा मैदानमा प्रवेश गर्ने ४ जनालाई रुसको अदालतले १५ दिनको जेल सजाय सुनाएको छ ।

खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गर्ने ३ जना महिला ए एक जना पुरुषलाई अदालतले १५ दिनको जेल सजाय सुनाएको हो । साथै उनीहरुलाई तीन बर्षसम्म कुनै पनि खेल हेर्न स्टेडियममा आउन पनि प्रतिबन्ध लगाइएको छ ।

प्रहरीको ड्रेसमा मैदानमा पुगेका चार जनाले आफुहरु बोल्ने स्वतन्त्रताका लागि, फिफाको फुटबल नीतिको विरोधमा मैदानमा गएको बताएका छन् ।  मैदानमा प्रवेश गरेकी कुराच्योभाले आफुहरुले खेल अवरुद्ध गरेकोमा खुशी व्यक्त गर्दै फिफा सबै राष्ट्र प्रमुखको साथि भएको र यसले मानव अधिकारको पनि उलंघन गरेको आरोप लगाइन ।

साथै उनीहरु रसियामा पुटिन विरोधी रहेको पनि खुलेको छ । उनीहरु मध्ये तीन जना यसअघि पनि पुटिनको विरोध गरेको आरोपमा सन् २०१२ मा जेल परेका थिए । 

खेलको महत्वपूर्ण समयमा उनीहरु मैदानमा पसेपछि क्रोसियाका डिफेन्डर डेजान लोभरेनले मैदानमा पसेका पुरुषलाई समातेर मैदानको बाहिर तानेका थिए । 

सम्बन्धित समाचार

अस्ट्रेलियामा २०२० मा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आज सार्वजनिक गरेको खेल तालिका अनुसार टी-२० विश्वकपमा दुई चरणका खेलहरु हुने

रियल म्याड्रिडले जित्यो क्लब विश्वकपको उपाधि, बार्सिलोनाको रेकर्ड तोड्यो 

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले यस बर्षको फिफा क्लब विश्वकप जितेको छ। गएराती युएइमा भएको क्लब विश्वकपको फाइनलखेलमा अल एन क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै फिफा क्लब विश्वकपको उपाधि जितेको

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा, ग्यारेथ बेलले गरे ह्याट्रिक 

काठमाडौँ। रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति आबुधावीमा भएको खेलमा रियलले कासिमा एन्टलेर्सलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।  रियलका लागि ग्यारेथ बेलले ह्याट्रिक

रग्बी विश्वकप ट्रफी टुर : टुँडिखेलमा आयोजना गरिएको रग्बी महोत्सवमा २५ सयको सहभागिता 

काठमाडौँ। विश्व रग्बीको ‘प्रोजेक्ट एशिया १० लाख’ लक्ष्यको मुख्य अंगका रुपमा रग्बी विश्वकप २०१९ मैदान बाहिर प्रभाव नामक कार्यक्रम यही शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको थियो । जसमा २५ सयले


z