• २०८२ कार्तिक १७ सोमबार

काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको आज पनि प्रदर्शन

kharibot

काठमाडौँ । कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।

संवैधानिक हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरपालिकाले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही हुनुपर्ने लगायत माग उनीहरुको छ। उनीहरुले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने माग गरेका छन् ।

उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै