• २०८३ असार २५ बिहीबार

संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडाको मात्र उम्मेदवारी

संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडाको मात्र उम्मेदवारी

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिका लागि नेपाली कांगेसका सांसद रामहरी खतिवडाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

संघीय सम्सद सचिवालयका अनुसार विहिबार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा खतिवडाको मात्र मनोनयन दर्ता भएको हो । खतिवडाको प्रस्तावकमा काँग्रेस सांसद श्याम घिमिरे रहेका छन् भने समर्थकमा एमाले सांसद महेश कुमार बर्तौला रहेका छन् ।

योसँगै संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडा निर्बिरोध निर्वाचित हुने भएका छन् ।   अब शुक्रबार बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले खतिवडा सभापतिमा निर्वचित भएको औपचारिक निर्णय गर्ने छ । 

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । 

यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै