काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई भित्राएर युभेन्टस एकाएक हरेक दिन चर्चामा आएको छ ।
रोनाल्डो ल्याउने घोषणा गरेपछि युभेन्टसको सामाजिक संजालका एकाउन्टमा करिब २ मिलियन फलोअर बढेका छन् । यसबाट पनि अब युभेन्ट्सले रोनाल्डोलाई ल्याएर क्लबको लोकप्रियता कति बढ्दै छ सजिलै अनुमान गर्न सकिन्छ ।
मिडिया रिपोर्टका अनुसार युभेन्ट्सले रोनाल्डोको नाम लेखेको जर्सी बेचेर मात्र रियल म्याड्रिडलाई तिरेको आधा रकम उठाएको छ । करिब ६० मिलियन अमेरिकी डलर त युभेन्ट्सले रोनाल्डोको टिसर्ट बेचेर उठाएको बताइएको छ । मिडियाहरुले रोनाल्डोले कुनै खेल नाखेल्दै क्लबलाई बोनस खुवान थालेको चर्चा गर्न थालेका छन् ।
रोनाल्डो अहिलेपनि विश्वफुटबलमा ठुलो ब्रान्ड हुन् । युभेन्ट्सले यस सिजनका लागि खोलेको टिकटको बुकीङ एक घण्टामै सकिनुपनि रोनाल्डोको लोकप्रियता कति छ भन्ने अनुमान गर्न सकिन्छ । क्लबले दिएको जानकारी अनुसार गतबर्ष तिक्त लिएका ९५ प्रतिशत दर्शकले यस सिजनका लागि आफ्नो तिक्त नविकरण गरिसके भने बाँकी ५ प्रतिशत टिकट एक घण्टा मै बिक्रि भयो । त्यसमा पनि क्लबले औसतमा ३० प्रतिशत दररेट बढाएको आरोप फ्यानहरुले लगाएका छन् ।
बिजिनेस इन्साइडरले युभेन्ट्सले रोनाल्डोलाई ल्याउने खबर सार्वजनिक भएदेखि अहिलेसम्म सेयर बजारमा युभेन्ट्सको सेयर ४० प्रतिशतले बढेको छ जसको बजार मुल्य लगभग २७० मिलियन अमेरिकी डलर रहेको उल्लेख गरेको छ ।
शेफिल्ड युनिभर्सिटीका प्रोफेसर रब विल्सनले रोनाल्डो डिलमा युभेन्ट्स सबै कुरामा फाइदामा हुने बताएका छन् । रोनाल्डोको आगमनले युभेन्ट्सका लोयल फ्यान संख्या बढ्ने, लिगमा युभेन्ट्सको लोकप्रियता झन् बढ्ने, क्लबले ग्लोबल मिडिया कभरेज पाउने विल्सन बताउछन् । विल्सन भन्छन्, अब युभेन्टसले स्पोन्सर, टिभी अधिकारबाट पनि बढी पैसा पाउने भन्दै क्लबका लागि रोनाल्डो फाइदाको डिल भएको बताउछन् ।