बौद्धको सडकमा बाढी आयो  (फोटो फिचर)

खरीबोट

काठमाडौँ । एकै छिनको बर्षामा चुच्चेपाटी–बौद्ध–जोरपाटी सडकमा बाढी आएको छ ।  यसअघि असारमा धान रोपिएको यो सडक प्रधानमन्त्रीको निर्देशन पछि पनि बन्न सकेको छैन।  मंगलबार अपराह्न आधा घण्टाको बर्षामा सडक पानीले  भरिएको छ ।  

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा महिनामा हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत् विश्वव्यापी रुपमा के सन्देश जाला ? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन । 

सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो ।  अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

तस्बीर : सुरेश पराजुली 

 

सम्बन्धित समाचार

हेटौँडाको सडक ३२ मिटर फराकिलो बनाइने

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेश राजधानी हेटौँडाको मुख्य राजमार्गलाई ३२ मिटरको फराकिलो बनाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मुख्य बजार क्षेत्रको राजमार्गलाई थप फराकिलो

नारायणगढ मुग्लिन सडकमा सात ठाउँमा भौगर्भिक अध्ययन, पुल निर्माण धमाधम

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।  ‘समग्रमा

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण नगर्न परमादेश

काठमाडौँ ।  सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माणसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन फैसला जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले सो क्षेत्रभित्र

दुर्घटना न्यूनीकरण गर्न खोटाङका घुम्तीमा सडक ऐना

खोटाङ । सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक


z