काठमाडौँ । क्रिस्टियानो रोनाल्डो ला लिगा छोडेर इटालियन सिरी ए मा गएपछि अब मेसि पनि सिरी ए मा जाने बहस सुरु भएको छ ।
सिरी ए कल्ब इन्टर मिलानले मेसीलाई पनि सिरी ए मा ल्याउन पहल गर्ने जनाएको छ । इन्टर मिलानका प्रमुख कार्यकारी अधिकृत पिरेलीले इटालियन पत्रिका टुटोस्पोर्ट्सलाई आब इन्टर मिलानले मेसीलाई ल्याउन पहल गर्ने बताएका छन्।
पत्रिकासँग कुरा गर्दै पिरेलीले भने फिफाको फेयर प्लेको कारवाहीको अवधि सकिना साथ् इन्टर मिलानले मेसीलाई ल्याउन पहल गर्ने बताए। इन्टर मिलानले ठुलो खेलाडी भित्राउन चाहेको बताउदै उनले मेसी आउने भए पक्कै ल्याउन पहल गर्ने बताए।
रोनाल्डो इटाली आएपछि मेसी र रोनाल्डोको प्रतिद्वन्द सकिएको चर्चा मिडियामा भैरहेको छ। पछिल्लो १० बर्ष विश्व फुटबलमा पालै पालो राज गरेका यी दुवै खेलाडी एकै लिगमा बह्ये फेरी उनीहरुबीचको आपसी तुलनाले चर्चा पाउने देखिन्छ।
इन्टर मिलानले त्यसो भनेपनि मेसी भने तुरुन्तै इटाली आउने सम्भावना निकै कम रहेको छ। उनले हालै बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गरेका छन् । मेसी सन् २०२०-२१ सिजन सम्म बार्सिलोना मै हुने छन् ।