• २०८२ कार्तिक १९ बुधबार

इसरोले प्रक्षेपण गर्यो ४४ सय किलोको उपग्रह

kharibot

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सिएमएस-०३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इसरोका अध्यक्ष वी. नारायणनले प्रक्षेपण पछि सिएमएस-०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक यसको तोकिएको कक्षमा स्थापित गरेको जानकारी दिएका छन् ।

उनले सम्पूर्ण इसरो टोली र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानको लागि बधाई दिएका छन् । साथै उनले आजको मिसनले भारतको लागि अर्को गर्वको क्षण ल्याएको बताए ।

इसरोले आर्थिक वर्षको अन्त्यसम्ममा थप सात उपग्रह प्रक्षेपण गर्ने उनले जानकारी दिएका छन् ।

इसरोका अनुसार, आइतबार साँझ प्रक्षेपण गरिएको सिएमएस-०३ उपग्रह बहु-ब्यान्ड सञ्चार उपग्रह हो । यो ४४ सय किलोग्रामको उपग्रह भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा ठुलो उपग्रह हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै