• २०८३ बैशाख २० आइतबार

अमेरिकाले स्थगित गर्यो अफगानी नागरिकहरूको आप्रवासन अनुरोध

अमेरिकाले स्थगित गर्यो अफगानी नागरिकहरूको आप्रवासन अनुरोध

काठमाडौँ । अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ । वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको हो । घटनामा संलग्न संदिग्धलाई अफगान नागरिकको रूपमा पहिचान गरिएको थियो ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाले 'सुरक्षा र जाँच प्रोटोकल' को समीक्षा नभएसम्म यो निर्णय गरिएको बताएको छ । यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई 'आतंकवादी कार्य' बताएका थिए ।

होमल्याण्ड सेक्युरिटीद्वारा जारी विज्ञप्तिमा संदिग्धलाई रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ र उनलाई अफगानिस्तानबाट आएको एक आपराधिक आप्रवासी भनेर वर्णन गरिएको छ । विज्ञप्ति अनुसार, अमेरिकाले २०२१ मा अफगानिस्तानबाट सैन्य फिर्ता पछि अपरेशन एलाइज वेलकम अन्तर्गत हजारौं अफगानीहरूलाई अमेरिका लागेको थियो ।

यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको थियो । २९ वर्षीय रहमानउल्लाह सेप्टेम्बर २०२१ मा यस कार्यक्रम अन्तर्गत अफगानिस्तानबाट अमेरिका आएका थिए ।

गोलीबारी पछि, ट्रम्पले अमेरिकाले जो बाइडेनको नेतृत्वमा अफगानिस्तानबाट आउने प्रत्येक आप्रवासीको पुन: जाँच गर्नुपर्ने बताएका छन् ।

Main Slot 777 Gacor anti rungkad! Temukan game dengan RTP tertinggi bersama Slot Maxwin di situs resmi yang sudah terpercaya 2025. Layanan 24 jam siap bantu Anda Menang!

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै